२० आश्विन २०८१, आइतबार

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १५४ पुग्यो

प्रकाशित मिति :  4 November, 2023 10:05 am


काठमाडौँ । गएराति जाजरकोटमा भएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ जना पुगेको छ ।

नेपाल प्रहरीकाअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जना गरी हालसम्म १५४ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार खलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ।



प्रतिक्रिया दिनुहोस !