२० आश्विन २०८१, आइतबार

नेपाली कांग्रेसद्वारा उद्दार,राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख

प्रकाशित मिति :  4 November, 2023 11:34 am


काठमाडाैँ । नेपाली कांग्रेसले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएराति गएको भूकम्प प्रभावित क्षेत्रको उद्दार,राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरको छ ।

मुख्य सचिव कुष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भूकम्प पीडितहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको उल्लेख छ ।

नेपाली कांग्रेसले भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले दुःखी भएको उल्लेख छ ।

सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न समेत नेपाली कांग्रेसले अपील गरेको छ ।



प्रतिक्रिया दिनुहोस !