२० आश्विन २०८१, आइतबार

बाँकेका ४ पालिकाले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पठाउने

प्रकाशित मिति :  4 November, 2023 12:19 pm


बाँके । बाँकेका ४ गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत पठाउने निर्णय गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकमा ४ गाउँपालिकाले तत्कालै राहत पठाउने निर्णय भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको तर्फबाट तत्कालै ४ लाख रुपैयाँ बराबरको खाद्यान्न र त्रिपाल, झुल,फिफर्म लगायत १०० जना परिवारका लागि पुग्ने सामाग्री र मेडिकल टिम परिचालन गर्ने निर्णय भएको छ ।

कोहलपुर नगरपालिकाको तर्फबाट तत्काल राहत स्वरुप २ लाख रुपैयाँ बराबरको खाद्यान्न र औषधि उपलब्ध गराउने निर्णय भएको छ ।

राप्ती सोनारी गाउँपालिकाको तर्फबाट तत्काल राहत स्वरुप २ लाख रुपैयाँ बराबरको खाद्यान्न र औषधि उपलब्ध हुने भएको छ ।

खजुरा गाउँपालिकाको तर्फबाट ३ लाख रुपैयाँ बराबरको औषधि सहयोग गर्ने निर्णय भएको छ ।

नेपाल रेडक्रस सोसाईटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालय मार्फत भूकम्प प्रभावित जाजरको र पश्चिम रुकुममा ६ सय थान कम्मल,त्रिपाल र पिफर्म उपलब्ध गराउने निर्णय भएको समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !