२० आश्विन २०८१, आइतबार

सुदूरपश्चिम र बागमती सरकारले भूकम्प पीडितलाई राहत दिने

प्रकाशित मिति :  4 November, 2023 1:01 pm


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट भूकम्प प्रभावितहरूका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका छन् ।

यस्तै भूकम्प प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको छ ।

यस्तै बागमती प्रदेश सरकारले पनि जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो।



प्रतिक्रिया दिनुहोस !