२० आश्विन २०८१, आइतबार

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई एक करोड दिने बुद्ध एयरको घोषणा

प्रकाशित मिति :  4 November, 2023 4:52 pm


काठमाडौँ । बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शनिवार एक सूचना जारी गर्दै बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेको जनाएको छ ।

“जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपत्मा परी त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेका छौँ ।,” शनिबार बुद्ध एयरले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, उद्धार र राहत सामग्री ढुवानीमा सहयोग गर्न पनि तयार रहेको बुद्ध एयरले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !