२० आश्विन २०८१, आइतबार

उच्च पहाड र हिमाली भेगमा हल्का हिमपात हुने

प्रकाशित मिति :  5 November, 2023 7:04 am


काठमाडाैँ। आगामी २४ घण्टामा देशका उच्च पहाड र हिमाली भेगमा हल्का हिमपातकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

आइतवार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जनाइएकाे छ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले प्रकाशित गरेकाे माैसम पूर्मानुमान बुलेटिनमा उल्लेख छ।

आइतवार राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !