२० आश्विन २०८१, आइतबार

भूकम्प पीडितलाई गण्डकी सरकारले एक करोड दिने

प्रकाशित मिति :  5 November, 2023 10:52 am


काठमाडौँ । गण्डकी प्रदेशले भूकम्पपीडितको सहयोगका लागि कर्णाली सरकारलाई एक करोड रूपैयाँ दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद् बैठकले तत्कालै १ करोड उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि कर्णाली प्रदेश सरकारलाई रकम पठाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । “भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो,’ उनले भने, ‘एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले सहयोग रकम पठाउने निर्णय गर्यौं ।’

सरकारले शनिबार भूकम्प प्रभावितको उद्धार र उपचारका लागि औषधी सहितको स्वास्थ्यकर्मी टोली पठाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !