२० आश्विन २०८१, आइतबार

भूकम्पमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने सरकारको निर्णय

प्रकाशित मिति :  5 November, 2023 12:18 pm


काठमाडौँ । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैँयाका दरले राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् ।

यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !