२० आश्विन २०८१, आइतबार

पाल्पामा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते

प्रकाशित मिति :  5 November, 2023 1:15 pm


काठमाडौँ । सिद्धार्थ राजमार्ग अन्तर्गत रम्भा गाउँपालिका वडा नम्बर ३ पिपलडाँडा सेरामा भएको ट्याक्सी दुर्घटनामा पाँच यात्रु घाइते भएका छन् । पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्क्यासी ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटनामा परेको हो ।

घाइते हुनेमा पोखरा उपमहानगरपालिका वडा नम्बर १५ का सुरेश गुरूङ्, धनबहादुर गुरूङ्, गंगा गुरूङ्, विनोद गुरूङ् र बुटवल उपमहानगरपालिका वडा नम्बर १० बस्ने ७२ वर्षीय भीमबहादुर गुरूङ् रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइते सबैको पाल्पा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । अनियन्त्रित ट्याक्टरमा ठोक्किँदा दुर्घटनामा परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !