२० आश्विन २०८१, आइतबार

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

प्रकाशित मिति :  5 November, 2023 1:22 pm


काठमाडौं । आइसीसी टी –२० विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । आइतबार किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।

टी २० आईमा पहिलो अर्धशतक पूरा गर्ने क्रममा गुल्सनले २० बलमा ५ चौका र ४ छक्का मद्धतमा अर्धशतक पूरा गरे।



प्रतिक्रिया दिनुहोस !