२० आश्विन २०८१, आइतबार

बाराको कलैयामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

प्रकाशित मिति :  5 November, 2023 2:11 pm


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित बरियारपुरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै मधेश प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २१ वटा शाखाहरू भएका छन् ।

कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योतीप्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले अब बैंकमार्फत नै आर्थिक कारोबार हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्ने अन्य वक्ताहरूले कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरूलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !