२० आश्विन २०८१, आइतबार

भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने समाजवादी पार्टीको निर्णय

प्रकाशित मिति :  5 November, 2023 4:26 pm


काठमाडौँ । नेपाल समाजवादी पार्टीले भूकम्प प्रभावितहरुको सहयोगका लागि १० लाख रकम सहयोग गर्ने भएको छ ।

सो पार्टीको आज(आइतबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले भूकम्प प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा १० लाख प्रदान गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिएका छन् ।

यस्तै समाजवादी पार्टीले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय उपाध्यक्ष भक्तबहादुर शाहको संयोजकत्वमा आर्थिक विभाग प्रमुख हरि रिजाल र केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेल सहितको टिम गठन गर्ने निर्णय गरेको छ।

आर्थिक विभाग प्रमुख रिजालको नेतृत्वमा आवश्यक सामग्रीसहित चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रमा परिचालन गरिएको पार्टीले जनाएको छ। साथै खाद्यान्नलगायत राहत सामग्री संकलन अभियान चलाउने पार्टीले निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस !