२० आश्विन २०८१, आइतबार

भूकम्प प्रभावितलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

प्रकाशित मिति :  5 November, 2023 6:07 pm


काठमाडौं । शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ ।

परिसंघको आइतबार भएको पदाधिकारी बैठकले भुकम्पमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हाे ।

परिसंघले प्रभावित नागरिकहरूलाई राहत एवं पुनस्र्थापनाका लागि आवश्यक सहयोग गर्न सदस्य संस्थाहरू, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरूलाई अपिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस !