२० आश्विन २०८१, आइतबार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सम्मेलन मंसिर १६ र १७ गते

प्रकाशित मिति :  5 November, 2023 7:18 pm


काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सम्मेलन मंसिर १६ र १७ गते हुने भएको छ ।

प्रदेश पार्टी कार्यालय भालुबाङ,दाङमा आज बसेको कार्यसम्पादन समिति बैठकले मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन गर्ने निर्णय गरेको हो ।

प्रदेश सम्मेलन गर्न प्रदेश सभापति पुनको संयोजकत्वमा पदाधिकारी तथा सदस्यहरू,सल्लाहकार समिति सदस्यहरू,जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू समेत संलग्न रहेको २४५ सदस्यीय मूल समारोह समिति गठन गरिएकाे मुख्य सचिव माेहनराज शर्माले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रतिनिधिहरू सहभागि हुने सम्मेलनमा पार्टीको सांगठनिक संरचना, आगामी नीति तथा कार्यक्रम र विधान संसोधन लगायतका विषयमा छलफल हुने सभापति पुनले जानकारी दिए ।

बैठकले सम्मेलन सम्पन्न नगरेका जिल्लाहरूले यथास्रिघ सम्मेलन गरेर मंसिर १० गतेभित्र अनिवार्य रुपमा प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको छ ।

भूकम्पमा भएको क्षतिको पुनःसंरचना तथा पीडितलाई राहत दिने उद्देश्यले ‘भूकम्प पीडित राहत कोष तथा स्थापना कोष २०८०’ गठन गर्दै बैठकले पार्टीपंक्ति,उद्योग व्यापारी, तथा समाजसेवी तथा शुभ चिन्तकहरूबाट उक्त कोषमा रकम जम्मा गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !