२० आश्विन २०८१, आइतबार

रोल्पाको सुनछहरी गाउँपालिकाद्वारा भूकम्प प्रभावित जिल्लालाई सहयोग गर्ने निर्णय

प्रकाशित मिति :  6 November, 2023 8:02 am


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यपालिका बैठकले जाजरकोट र रुकुम (पश्चिम) जिल्लाका भूकम्प प्रभावितका लागि २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष धनबहादुर पुनका अनुसार जाजरकोट र रुकुम (पश्चिम)का का लागि १/१ लाख रुपैयाँ दिने निर्णय भएको हो ।

बैठकले भूकम्पमा परेर ज्यान गुमाउने मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गरेको छ । विपतमा परेकाहरुका लागि थोरै भए पनि राहत होस भनेर सहयोग गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताएका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार भूकम्पबाट १ सय ५७ जनाको मृत्यु भएको छ भने २ सय ४६ जना घाइते भएका छन् ।

९ सय १० घर पूर्ण क्षति र २ हजार ८ सय ६१ घरमा आंशिक क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !