२१ आश्विन २०८१, सोमबार

साना र मझौला उद्योगहरू अर्थतन्त्रका मेरुदण्ड हुन् : राष्ट्रपति

प्रकाशित मिति :  6 November, 2023 1:00 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्योगहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एसिया प्यासिफिक चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री कन्फेडेरेशनलाई सम्बोधन गर्दै उनले साना र मझौला उद्योगहरूले रोजगारी सिर्जना गर्ने भएकाले आवश्यक प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

दिगोपन भविष्यको अधारशिला रहेको भन्दै दिगो विकासका लक्ष्य हासिल हुनेगरी काम गर्न आवश्यक रहेको बताए । उद्यमशीलता भनेको व्यवसाय शुरु गर्नुमात्रै नभएको भन्दै नवप्रवर्तनलाई अंगाल्ने, विविधतालाई सबलीकरण गर्ने र समुदायले सामना गर्ने ठूला चुनौति समाधान गर्ने खालको भएको उनको धारणा थियो ।

‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन । यो हाम्रो भविष्यको अधारशिला हो । साना र मझौला उद्योगहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि नवीनता र रोजगारी सिर्जना गर्दछन् । उद्यमशीलताले हाम्रो क्षेत्रलाई रुपान्तरण गर्ने क्षमता राख्छ । उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नुमात्रै होइन । यो नवप्रवर्तनलाई अंगाल्ने, विविधतालाई सबलीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौति समाधान गर्ने सबैभन्दा बलियो आधार पनि हो । व्यापार हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । यसले आर्थिक वृद्धिलाई मात्रै होइन, सीमापार सम्बन्ध बिस्तार गर्न सहयोग गर्छ ’ राष्ट्रपति पौडेलले भने ।

उनले राष्ट्रपति पौडेलले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न निजी एवं विदेशी लगानीकर्तालाई आहृवान पनि गरे ।



प्रतिक्रिया दिनुहोस !