२१ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेशमा दुधको बजार ५० प्रतिशतले घट्यो, दैनिक ६० हजार लिटर दुध बढी

प्रकाशित मिति :  6 November, 2023 1:25 pm


रुपन्देही । नेपाल डेरी एसोसियसन लुम्बिनी प्रदेशले दैनिक ६० हजार दूध बढी भएको जनाएको छ ।

पछिल्लो समय दुध बिक्री हुन छोडेको र अहिले ६० हजार लिटर दुध बढी भएको अध्यक्ष थानेश्वर न्यौपानेले जानकारी दिए ।

बुटवलमा नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा दुग्ध व्यवसायीले हाल दुध क्षेत्र प्रतिकुल अवस्थामा रहेको बताएका छन् ।

बजारको प्रतिकुल अवस्थाले लाखौं किसानको लगानी जोखिम अवस्थामा पुगेको र ठुलो लागानीमा सञ्चालित दुध उद्योग बन्द हुने अवस्थामा रहेको छलफलमा सहभागिको गुनासो थियो ।

अहिले दुधको बजार ५० प्रतिशत कटौती भई दैनिक करिब ६० हजार लिटर बढी भइरहेको एसोसिएसनको तथ्याङ छ । बढी भएको दुधलाई धुलो दुध बनाई स्टक गर्नु पर्ने बाध्यता रहेको अध्यक्ष न्यौपानेको भनाई छ ।

उनले भने,“जुन परिमाणको स्टक रहेको छ त्यस कारण किसानलाई दुधको भुक्तानी समयमा गर्न नसकिने अवस्था रहेकोले समयमा भुक्तानी नगर्दा किसान पशुपालनबाट पलायन हुने अवस्था छ ।”

कन्भर्सनको लागत रकम राज्यबाट अनुदान हुनु पर्ने र उत्पादित दुग्ध प्रदार्थको व्यवस्थापन राज्यले गर्नु पर्ने सहभागिको साझा धारणा थियो ।

सबै सरोकारवालाहरू सहमत भए महिनाको लागि खरिद र बिक्रि मुल्यमा केहि समायोजन गर्न सकिने व्यवसायिको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !