२१ आश्विन २०८१, सोमबार

पुतली बाजेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो

प्रकाशित मिति :  6 November, 2023 1:32 pm


काठमाडौँ । कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । आज (सोमबार) उनको पार्थिव शरीरलाई अन्ति श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो ।

जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर पुतलीको अध्ययन, सङ्कलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको र पोखरा महानगरपालिका उनको सम्मानका लागि अन्तिम श्रद्धाञ्जलीका लागि संग्रहालयमा राखिएको महानगर प्रमुख धनराज आचार्यले बताए । प्रमुख आचार्यले पुतली बाज आफ्नो मिसनमा भएको र वातावरण, पर्यावरण र पुतलीको अध्ययन र विश्लेषण गर्ने काममा लागेको स्मरण गरे ।

काठमाडौं र पोखरामा एक गरी तीन वटा पुतली संग्रहालय बन्नुमा उनको ठूलो योगदान रहेको बताए । उनले योगदानलाई चिरस्थायी बनाउनु महानगरपालिकाको कर्तव्य भएको जानकारी दिए । पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिबार उनको निधन भएको थियो ।

नेपालमा पाइने पुतली अभिलेखीकरण गर्नेमा उहाँको नाम पहिलो नम्बरमा आउँछ । उनले पुतलीको खोजीमा ५० वर्ष बिताउनुभएको थियो । सन् २०२२ मा बेलायतबाट युनाइटेड मिसन टु नेपालमार्फत पढाउन नेपाल आएका थिए ।

सन् २०२३ मा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरेर ४० जिल्लाको भ्रमण गरी करिव २५ हजार पुतली संग्रह गरेका थिए । विश्वमा पाइने १७ हजार पाँच सय प्रजातिका पुतलीमध्ये नेपालमा ६६० प्रजातिका भेटिएका छन् । ३० वर्षको उमेरमा नेपाल आएका पुतली बाजे त्यसपछिका ५८ वर्षसम्म पोखरामा रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !