२१ आश्विन २०८१, सोमबार

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

प्रकाशित मिति :  6 November, 2023 3:41 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, जर्मनी र इटाली भ्रमण स्थगित गरेका छन्। राष्ट्रपति पौडेल तीन देशको भ्रमणका लागि कात्तिक २२ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम थियो।

गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण कार्य तालिका स्वीकृत गरेको थियो । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न राष्ट्रपति कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यतालिका स्वीकृति भएको थियो ।

जाजरकोट केन्द्र भएर गत शुक्रबार भूकम्प गएको र ठूलो जनधनको क्षति भएको भन्दै यस्तो बेला विदेश भ्रमणमा नजान राष्ट्रपतिलाई आग्रह हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !