२ माघ २०८१, बुधबार

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको भुकम्प

प्रकाशित मिति :  6 November, 2023 5:06 pm


काठमाडौँ । जरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो ।

सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोटकाे रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्म जाने क्रम जारी छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्।



प्रतिक्रिया दिनुहोस !