२१ आश्विन २०८१, सोमबार

फ्यानकाे कारवाहीमा परेका पूर्वअध्यक्ष कसजुले गठन गरे नयाँ संस्था ‘नर्सरी व्यवसायी संघ’

प्रकाशित मिति :  6 November, 2023 6:18 pm


काठमाडौँ । आफ्नै संस्था फ्लारिकल्चर एसोसिएसन नेपाल (फ्यान) बाट कारवाहीमा परेका कुमार कसजुले नयाँ संस्था गठन गरेका छन्। फ्यानकै पूर्व अध्यक्ष कसजुलाई ‘संस्थाको रकम हिनामिना गरेको’आरोपमा कारवाही गरिएको थियो। 

संस्था दर्ता ऐन २०३४ बमोजिम काठमाडौँ महानगर पालिका वडा नं. १० मा कार्यालय रहने गरी ‘नर्सरी व्यवसायी संघ, नेपाल’ नामक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको हो। संस्थाको दर्ता नं. १०८ रहेको छ।

एसोसिएसनको ३१ औं वार्षिक साधारण सभामा पेश भएको वर्षिक प्रतिवेदनमा कसजुलाई विधानको दफा १५ को उपदफा १२ बमोजिम आवश्यक कारवाही गरिएको उल्लेख छ । 

प्रतिवेदनमा उल्लेख भए अनुसार फ्यानको सचिवालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमिता भएको गुनासोपछि ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले २०७९ वैशाख १४ गते लिखित कसजुलाइ कारवाहीको सिफारिस गर्दै प्रतिवेदन पेश गरेको थियो ।

संस्थाभित्र विवाद बढिरहँदा यसअघि नै  केही असन्तुष्ट सदस्यको भेलाले यसअघि नै नर्सरी व्यवसायी संघको तदर्थ समिति गठन गरेका थिए। समिति गठनपछि संस्थाभित्रकाे असन्तुष्टी बाहिर देखिएकाे थियाे ।

विवादकैबिच गाेदावरी फूलकाे मेलासमेत फ्यान र तदर्थ समिति रहेकाे नर्शरी व्यवसायी संघले एउटै समयमा आयाेजना गरेका थिए।

तदर्थ समिति गठनदेखि भूमिका खेलेका कसजुले यसअघि लुम्बिनीसञ्चारसँग कुरा गर्दै छुट्टै संस्था गठन गर्नुमा आफ्नो कुनै पनि भूमिका नरहेको बताएका थिए ।

सोमवार कसजुले सामाजिक सञ्जालमा संस्था दर्ताको प्रमाणपत्रको फोटो राखेर भनेका छन्, “समयको माग, परिस्थितिको उपज। सहयोग गर्नुहुने र असहयोग गर्नु हुने सबैमा साधुवाद।”

सम्बन्धित समाचारः

‘संस्थाको रकम हिनामिना गरेको’आरोपमा फ्लोरीकल्चर एसोसिएसनका निवर्तमान अध्यक्ष कसजु कारबाहीमा

फ्लोरिकल्चर एसोसिएसन नेपालभित्र विवाद,नर्सरी व्यवसायीले गठन गरे नयाँ संस्था



प्रतिक्रिया दिनुहोस !