४ आश्विन २०८१, शुक्रबार

सल्यानमा वडा अध्यक्षको घरमा बम विष्फोट,एक बालक घाईते

प्रकाशित मिति :  29 April, 2020 12:22 pm


सल्यान, १७ वैशाख ।

सल्यानमा वडाध्यक्षको घरमा बम विष्फोट हुँदा एक बालक घाईते भएका छन् ।

बागचौर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रेम बहादुर पुनको घरमा हिजो  सकेट बम   विस्फोट हुँदा उनका ७ वर्षीय नाति गम्भीर घाइते भएका छन् ।

नगरपालिकाका मेयर लोकमान बुढाथोकीले अध्यक्ष पुनको घरमा विष्फोट भएको बताए । उनले भने,‘ घरमा कोही नभएको बेला सकेट बम विष्फोट भएको देखियो, घटना अलि रहस्यमय छ हामी अनुसन्धान गर्दै छौं ।’

घाइते बालकको अहिले नेपालगन्जमा उपचार भैरहेको मेयर बुढाथोकीले जानकारी दिए । घरमा बच्चाहरु मात्रै भएको बेला विष्फोट भएको वडाध्यक्ष पुनले बताए ।

अध्यक्ष पुनले घरमा लुकाएर सकेट बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा प्रहरी समेत पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

घटनाबारे थप अध्ययन भईरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष पुनले ग्रिनेड आफूसँग नभएको र कसैले ल्याएर घरमा फालिदिएको हुनसक्ने दाबी गरेका छन् । मेयर बुढाथोकीले भने,‘ ढोकामा विष्फोट भएको देखिएको छ यो कसरी भयो हामी अनुसन्धान गर्दै छौं ।’



प्रतिक्रिया दिनुहोस !