२१ आश्विन २०८१, सोमबार

चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौंमा

प्रकाशित मिति :  8 November, 2023 2:01 pm


काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगेको छ । छुङछेङलगायतको टोली ुपाँच दिने भ्रमण नेपाल आएको हो ।

उक्त टोली केहीबेर अगाडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थामा अवतरण गरेको छ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले उनीहरुको स्वागत गरिन् ।

वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरूसँग भेटघाट गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !