२१ आश्विन २०८१, सोमबार

रोल्पाको सुनिलस्मृति गाउँपालिकाद्वारा जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प प्रभावितलाई सहयोग

प्रकाशित मिति :  9 November, 2023 12:17 pm


राेल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प प्रभावितलाई राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

गाउँपालिकाले विपद व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोष मार्फत सहयोग गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले २ लाख २० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्रविन्दू भएर गएको भूकम्पमा १५३ जनाको मृत्यु भएको छ भने ३ सय ६४ जना घाइते भएका थिए ।

२६ हजार घर पूर्ण रुपमा क्षति भएका छन् भने ३४ हजार घरमा आंशिक क्षति भएको सरकारको भनाई छ ।

गाउँपालिकाले भूकम्पमा परेर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेको छ ।

यसअघि रोल्पाकै सुनछहरी गाउँपालिकाले जाजरकोट र रुकुम (पश्चिम) जिल्लाका भूकम्प प्रभावितका १/१ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !