२१ आश्विन २०८१, सोमबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला ८ निर्णयहरू

प्रकाशित मिति :  9 November, 2023 2:13 pm


काठमाडौँ । सरकारले विराटनगर, काठमाडौँ र चितवनस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाउने भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मोरङको विराटनगर, काठमाडौँको मूलपानी र चितवनको भरतपुरमा रहेको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गरेको हो। आजको बैठकले यो लगायत आठ निर्णय गरेको छ ।

यस्ता छन् आठ निर्णय :
१) प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने ।

२) इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने ।

३) नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने ।

४)मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने ।

५) निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने ।

६) पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गर्ने ।

७) मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने ।

८) मन्त्रिपरिषद् विधेयक समितिकबाट पेश भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने ।



प्रतिक्रिया दिनुहोस !