२१ आश्विन २०८१, सोमबार

प्रधानमन्त्रीलाई मधेस प्रदेश सरकारको ६ बुँदे ध्यानाकर्षण

प्रकाशित मिति :  9 November, 2023 2:45 pm


काठमाडाैँ । मधेस प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायत ६ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाइएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो । संघीयताको आठ वर्ष बितिसक्दा समेत प्रदेश सरकारले पूर्ण संवैधानिक अधिकार नपाएकाले ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए ।

३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी उनले दिए । प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थसम्बन्धी समस्या र अभियोजन विषयमा आधारित भई ज्ञापनपत्र बुझाइएको उनको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मागहरू जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्री यादवले बताए ।

प्रदेश अधिकारका निम्ति सबै प्रदेशका मुख्यमन्त्रीहरूलाई मिलेर अघि बढ्न उनले आह्वान गरे ।



प्रतिक्रिया दिनुहोस !