२१ आश्विन २०८१, सोमबार

एन्फाका अध्यक्ष नेम्वाङले पाए विश्वासको मत

प्रकाशित मिति :  9 November, 2023 3:09 pm


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङले विश्वासको मत पाएका छन्।

हेटौंडामा सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ विरुद्ध भएको मतदानमा नेम्वाङको पक्षमा ५१ मत खसेपछि विश्वासको मत प्राप्त गरेका हुन् ।

सभामा भएको मतदान प्रक्रियामा नेम्बाङले ५१ मत पाएका छन् भने उनको विपक्षमा पक्षमा एक मत पनि खसेन ।

गत भदौ २५ मा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए।

साधारणसभामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीको एक मात्र एजेन्डामा मतदानको तयारी गरिएको थियो।

८७ जना मतदाता रहेका थिए भने ५३ जना सहभागी रहेका थिए।



प्रतिक्रिया दिनुहोस !