२१ आश्विन २०८१, सोमबार

हराएका १८ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धीत धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  10 November, 2023 2:36 pm


काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका १८ वटा दुईपाङ्ग्रे सवारी साधन खोजी गरी शुक्रबार धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १२ वटा मोटरसाइकल र ६ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।

उनले चालु आर्थिक वर्षामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हालसम्म प्राप्‍त ८३२ वटा निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका १७७ मध्ये १३४ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको बताए ।

यस्तै, चालु आर्थिक वर्षमै चोरीका ११ वटा मोटरसाइकलसहित संलग्न १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयमा पठाइएको समेत उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !