२१ आश्विन २०८१, सोमबार

‘आइएमई पे’ नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरको रूपमा रहने

प्रकाशित मिति :  10 November, 2023 3:31 pm


काठमाडौँ । नेपालको डिजिटल वालेट ‘आइएमई पे; र नेपाल स्पोर्टस् एण्ड इभेन्टस् (एनएसइएम) बिच रणनीतिक साझेदारी गर्ने सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौता अन्तर्गत नोभेम्बर २४ देखि हुने बहुप्रतिक्षित ‘नेपाल सुपर लिग २०२३’ को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ।

नेपाल सुपर लिग (एनएसएल) नेपालको प्रमुख खेलहरू मध्ये एक हो जसमा बहुसंख्यक खेल प्रेमिहरूको चासो रहेको छ। जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने आइएमई पेको विश्वास छ।

यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमइ पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

’आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागू गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताए।

नेपाल सुपर लिग २०२३ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतीय सिजन हुने प्रतिज्ञा गरिएको छ। एनएसइएम र आइएमई पे बीचको यो साझेदारीले लिगको वृद्धि र पहुँचमा योगदान पुर्‍याउने छ, जसले फ्यानहरूलाई आफ्नो मनपर्ने टोली र खेलाडीहरूलाई समर्थन गर्न सजिलो बनाउने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !