२१ आश्विन २०८१, सोमबार

होण्डाको ‘दशैंमा १० लाख’ योजना : धादिङका रामकुमार श्रेष्ठले जिते ५ लाख

प्रकाशित मिति :  11 November, 2023 1:33 pm


काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको ‘दशैंमा १० लाख’ योजना छठ पर्वसम्म लागु हुने भएको छ । ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको भन्दै कम्पनीले यो योजना छठ पर्वसम्म लम्ब्याउन लागेको हो । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्ने छन् ।

यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १० हजार रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा १२ हजार ५०० रूपैयाँ बराबरको ५ वर्षै एएमसी प्याकेज पाउन सक्नेछन् ।

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘रु। १ फाइनान्स योजना’ मा पनि यो ‘दशैंमा १० लाख’ योजना उपलब्ध गराइरहेको छ ।

यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रूपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

स्क्र्याच कुपन मार्फत १० लाखसम्मको नगद पुरस्कार जित्न सकिने यो योजनामा हालसम्म सुनिल सापकोटा, मनोजकुमार शाह, तारा शिरिष थापा मगर, निरज चौधरी, भरतपुरका हरिप्रसाद पौडेल, शुशीलाकुमारी कार्कीले २५ हजार रुपैयाँ जित्न सफल भएका छन् ।

साथै यो उपहार योजनाका साथमा १० हजार र पाँच वर्षका लागि मर्मतसम्भार मध्ये कुनै एक रोज्न सकिने अर्को स्क्र्याच कुपन उपहार योजना पनि समावेश रहेको कम्पनीले बताएको छ ।

उमेश रायमाझीले स्क्र्याच कुपन मार्फत् ३२ हजार जित्न सफल भएका छन् । त्यस्तै, डिकेश महर्जनले स्क्र्याच कुपन मार्फत् नगद ३० हजार रूपैयाँ जितेका छन् ।

स्क्र्याच कुपन मार्फत् बिमलबहादुर प्रजापतिले ५० हजार, सरोज पोख्रेल र प्रेमबहादुर खत्रीले क्रमशः एक लाख र दुई लाख रूपैयाँ नगद प्राप्त गरेका छन् ।

‘होण्डा छ साथ साथ’ नाराका साथ कम्पनी सञ्चालन गरेको ’होण्डा दशैँमा १० लाख’ उपहार योजना अन्तर्गत स्क्र्याच कुपन मार्फत सर्वाधिक ठूलो धनरासी भने ५ लाख रुपैयाँ रहेको छ ।

धादिङका रामकुमार श्रेष्ठले यस उपहार योजना अन्तर्गत अहिलेसम्ममा सर्वाधिक ठूलो रकम उपहार ५ लाख जित्न सफल भइसकेको कम्पनीले बताएको छ ।

यस उपहार योजना अन्तर्गत स्क्र्याच कुपन मार्फत जितिने भनिएको अधिकतम उपहार १० लाख रूपैयाँ भने हालसम्म कसैले पनि जित्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !