२१ आश्विन २०८१, सोमबार

नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक छैन : डेपुटी गभर्नर ढुंगाना

प्रकाशित मिति :  11 November, 2023 1:42 pm


काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताएकी छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको बजेट वाच कार्यक्रममा डेपुटी गभर्नर ढुंगानाले विदेशी लगानी आकर्षित गर्ने सरकारी निकायले समन्वयकारी भूमिकामार्फत झन्झट हटाउन आवश्यक रहेको बताइन् ।

राष्ट्र बैंकले वैदेशीक लगानीका झन्झटिला प्रक्रिया हटाउने विषयमा काम गरिरहेको उनको भनाइ छ । विदेशी लगानी आकर्षणको लागि नीतिगत सुधारमा सबैले पहल गर्न आवश्यक रहेकोमा उनको जोड छ ।

गत आर्थिक वर्षमा सात अर्ब रुपैयाँ मात्रै विदेशी लगानी भित्रिएको तथ्यांक रहेको भन्दै यो सन्तोषजनक नभएको उनले बताइन् । उनले आर्थिक वर्ष २०७८\७९मा १८ अर्ब ५६ करोड र २०७९\८०मा सात अर्ब ७० करोड विदेशी लगानी आएको जानकारी दिइ ।

उनले चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९९ करोडको विदेशी लगानी आएको बताइन् । उनले विदेशी लगानीका लागि हेजिङ सुविधा नेपालमा लागु हुनसके विदेशी लगानी र ऋण प्रोत्साहित हुने बताइन् ।

क्रेडिट रेटिङ गर्ने कुरामा विदेशीहरूले पनि कुरा उठाउने गरेको भन्दै क्रेडिट रेटिङ नहुँदा विदेशी लगानी आउन सकेको उनको निष्कर्ष छ । उनले क्रेडिट रेटिङ गर्ने कामको सुरुआत गर्न सम्बन्धित निकायहरूको समन्वयकारी भूमिका आवश्यक रहेको बताइन् । उनले नेपाल राष्ट्र बैंक यसमा सकारात्मक रहेको उनको भनाइ छ ।

डेपुटी गभर्नर ढुंगानाले वाणिज्य बैंकहरूमा एफडी राखेर ब्याज आर्जन गर्ने र त्यसैमा लगानीको मुख्य स्रोत विदेशी लगानी नै हो भन्ने तरिकाले चलिरहेको भन्दै त्यसमा सुधार हुन आवश्यक रहेको बताइन् । उनले त्यसलाई पूर्वाधार, उत्पादनशिल क्षेत्रमा लगानी गर्नसके आर्थिक विकासमा ठूलो सहयोग पुग्ने धारणा राखिन् ।



प्रतिक्रिया दिनुहोस !