२१ आश्विन २०८१, सोमबार

लक्ष्मी सनराइज बैंकद्वारा ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक

प्रकाशित मिति :  12 November, 2023 7:25 pm


काठमाडौँ । नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक गरेको छ ।

नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन यो क्याम्पेन सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद् राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुर्‍याउने बैंकको लक्ष्य रहेको छ ।

यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको छ ।

यसरी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने सहभागीहरुमध्येबाट उत्कृष्ट तीन वटा भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग  #laxmisunriseutsab पनि प्रयोग गर्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस !