२१ आश्विन २०८१, सोमबार

स्याङ्जामा राति १० बजेपछि देउसी- भैलो खेल्न नपाइने

प्रकाशित मिति :  12 November, 2023 8:03 pm


काठमाडौँ । स्याङ्जामा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै राति १० बजेछि देउसी–भैलो खेल्न रोक लगाएको हो।

भाइचारा र आत्मियताको सम्बन्ध बढाउँदै आ-आफ्ना चाडपर्व, संस्कृति र परम्परा बमोजिम मनाउन र अरुका धर्मसंस्कृतिलाई ठेस पुग्ने कार्य नगर्न नगराउन सुझाव दिंदै स्याङ्जा प्रशासनले अत्यन्त जरुरी सूचना भन्दै ८ बुँदे निर्देशन निकालेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्वारा जारी सूचनामा पटका, भूईंचम्पा, अतिसवाजी, विस्फोटक पदार्थ जस्ताको बस्तुको प्रयोग र जुवा, तास र कौडा जस्ता खेलमा निषेध गरिएको छ।

सार्वजनिक स्थलमा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने, झै-झगडा गर्ने तथा अशान्ति कायम हुने खालका गतिविधि नगर्न, दिपावलीको अवसरमा विजुली तथा मैनबत्ति जस्ता सामग्रीको सावधानी पूर्वक प्रयोग गर्न आग्रह गरेको छ।

यस्तै सवारी साधनमा झुण्डिएर यात्रा नगर्न-नगराउन, यात्रुसँग बढी पैसा नअसुल्न, बजारमा कृतिम अभाव सिर्जना नगर्न, कालोबजारी नगर्न अनुरोध गर्दै सूचनाको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !