२१ आश्विन २०८१, सोमबार

स्याङ्जामा जीप दुर्घटना हुँदा आठ जना घाइते

प्रकाशित मिति :  13 November, 2023 4:44 pm


काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ प्युघामा हिजो (आइतबार) बेलुका जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बुटवलबाट कालीगण्डकी गाउँपालिकाको करीकोट आउँदै गरेको ग १ ज ७६०४ नम्बर जीप उकालोमा अचानक व्याक हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पावलसिंह लामाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता लामाका अनुसार जिप सडकबाट अन्दाजी ३० मिटर तल खस्दा जिपमा सवार चालकसहित आठ घाइते भएका हुन् ।

घाइते हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय अति कुमारी गाहा, ३७ वर्षीय जमुना रेश्मी, २४ वर्षीय माया राना, कपिलवस्तु वाणगंगा नगरपालिका १० बस्ने ७४ बस्ने तुलसीराम गाहा, ७४ वर्षीय भुमिसरा गाहा, नवलपरासीको सुनवल नगरपालिका १० किर्तिपुर बस्ने २० वर्षीय अन्जना रेश्मी र अन्दाजी २४ वर्षीय जिप चालक आशिफ पाण्डे रहेका छन् ।

उनीहरु सबैको कालीगण्डकी अस्पताल मिर्मिमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते जिप चालक आशिफ पाण्डेलाई सामान्य उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !