२१ आश्विन २०८१, सोमबार

आज पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना,टीकाको दिन कस्तो छ ?

प्रकाशित मिति :  14 November, 2023 7:29 am


काठमाडौँ । हाल सुदूर–पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने विभाग अन्तर्गतको महाशाखाले अनुमान गरेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाको अनुमान छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार अर्थात टीकाको दिन दिउँसो कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखको अनुमान छ ।

राती कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !