२१ आश्विन २०८१, सोमबार

विश्व शौचालय दिवसको अवसरमा गोष्ठी हुने

प्रकाशित मिति :  16 November, 2023 6:29 pm


काठमाडौँ । विश्व शौचालय दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । बिहीबार काठमाडौँमा एक पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

विश्व शौचालय दिवसको अवसरमा यस पटक मंसिर १ गते (भोलि) सार्वजनिक शौचालयको व्यवस्थापनको सेरोफेरोमा रहेर गोष्ठी हुने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई। रामदीप साहले गोष्ठीमा ५ वटा कार्यपत्र प्रस्तुत गरी छलफल गरिने बताए ।

उनले छलफलबाट प्राप्त निष्कर्ष र सुझावहरु नेपाल सरकार र सरसफाइमा संलग्न राष्ट्रसंघीय निकाय समक्ष प्रस्तुत गरिने बताए । उनले यस गोष्ठीले दिगो विकास लक्ष्य प्राप्तिका लागि राष्ट्रसंघद्वारा निर्धारित गरिएको दिगो विकास लक्ष्य प्राप्त गर्ने नेपालको विश्वासलाई सहयोग गर्ने लक्ष्य रहेको बताए ।

विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पु¥याउने तथा विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।



प्रतिक्रिया दिनुहोस !