२१ आश्विन २०८१, सोमबार

चितवन निकुञ्जभित्र तस्करले दुई गैँडा मारे

प्रकाशित मिति :  17 November, 2023 8:16 am


फाइल फोटो

चितवन । चितवन निकुञ्जभित्र तस्करले दुई गैँडा मारेका छन् ।

निकुञ्जको सौराहा सेक्टर अन्तर्गत चपरचुलीदेखि झण्डै साढे तीन किलोमिटर दक्षिणपूर्वको कोर क्षेत्रमा दुई ओटा पोथी गैँडा मारेको अवस्थामा भेटिएको चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

मारिएका पोथी गैँडा अन्दाजी १८ र ६ बर्षका छन् ।

दुवै गैँडाको खाग तस्करले लगेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

बिहिवार दिउसो १२ बजे गैँडा मृत भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीलाई खबर गरिइएको थियो ।

तस्करले एक सय मिटरमा दुईवटा अलग–अलग खाल्डोको धराप पारेर गैंडा मारेर खाग लगेको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस !