२१ आश्विन २०८१, सोमबार

जाजरकोट र रुकुम पश्चिममा एमालेले लुम्बिनी प्रदेशबाट २ सय ५ स्वयंसेवक परिचालन गर्ने*

प्रकाशित मिति :  17 November, 2023 3:28 pm


काठमाडौँ । नेकपा एमालेले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा २ सय ५ स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

बुटवलस्थित पुष्पलाल स्मृति भवनमा बसेको बैठकले जाजरकोट र पश्चिम रूकुममा लुम्बिनी प्रदेश कमिटीका १२ वटै जिल्लाका कमिटीबाट २ सय ५ स्वयंसेवक मङ्सिर ५ देखि १७ गतेसम्म परिचालन गर्ने निर्णय गरेको पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिए । थापाले भने, “स्वयंसेवक पुगेर घरटहरा बनाउने र भूकम्प प्रभावितलाई सहयोग गर्ने छन् ।”

यस्तै एमालेले सुरु गर्न लागेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘मध्यपहाडी पुष्पलाल लोकमार्गआधारित समृध्दिको सङ्कल्पयात्रा’ लाई पनि प्रभावकारी बनाउने बैठकले निर्णय गरेको छ ।

नेकपा एमालेको पाँचौँ केन्द्रीय कमिटी बैठकले पार्टी स्थापनाको ७५औँ वर्षका अवसरमा मध्यपहाडी लोकमार्ग यात्राको कार्यक्रम तय गरेको थियो ।

लोकमार्ग यात्रा विशेष अभियान मङ्सिर १४ गते बिहान साढे ८ बजे बैतडिको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर आरम्भ गर्ने कार्यक्रम तय भएको छ ।

पाँचथरको चिवाभञ्ज्याङ पुगेर कार्यक्रम समापन गरिने छ ।

*अन्यथा भएकाले सच्चाइएकाे



प्रतिक्रिया दिनुहोस !