२१ आश्विन २०८१, सोमबार

वीरगञ्जमा नक्कली नोटसहित २ जना पक्राउ

प्रकाशित मिति :  17 November, 2023 5:13 pm


काठमाडौं । वीरगञ्जमा नक्कली नोटसहित २ जना पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका– ३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका ३ का उमेश कुमार नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको छ । उनीहरुलाई खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !