२१ आश्विन २०८१, सोमबार

रोल्पामा खेतीयोग्य जमिनमध्ये ठुलो हिस्सा पाखो,सिंचित क्षेत्रफल २ दशमलव २० प्रतिशत मात्रै

प्रकाशित मिति :  17 November, 2023 5:19 pm


रोल्पा । रोल्पामा ४० हजार ९ सय २७ हेक्टर खेतियोग्य जमिन देखिएको छ ।

जिल्ला मालपोत कार्यालयको तथ्याङ्क अनुसार कूल क्षेत्र फल १ लाख ८७ हजार १ सय ५० हेक्टर रहेकोमा ४० हजार ९ सय २७ हेक्टर अर्थात २१.८ प्रतिशत खेतीयोग्य जमिन देखिएको हो ।

यसमध्ये झण्डै ६१ दशमलव ८ प्रतिशत अर्थात ३१ हजार ४ सय ९६ हेक्टर खेतियोग्य जमिन रहेको छ ।

घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिले आर्थिक वर्ष २०८०/०८१ का लागि गरेको सिफरिस अनुसार खेत २.५ प्रतिशत अर्थात ४ हजार ७ सय १५ हेक्टर मात्रै छ ।

५३ प्रतिशत जति वनजङ्गलले ढाकिएको रोल्पामा खेतीयोग्य जमिनमध्ये ठुलो हिस्सा पाखो छ जसको क्षेत्रफल २६ हजार ७ सय ८१ अर्थात १४ दशमलव ३ प्रतिशत रहेको छ ।

रोल्पामा अझै पनि असिंचित खेतीयोग्य जमिनको हिस्सा ठुलो छ ।

समितिको तथ्याङ्क अनुसार २५ हजार १२ हेक्टर अर्थात १३ दशमलव ३४ प्रतिशत खेतियोग्य जमिनमा सिंचाई सुविधा छैन भने अर्धसिंचितको हिस्सा २ हजार ३ सय ५४ अर्थात १ दशमलव २५ प्रतिशत छ । सिंचित जमिनको क्षेत्रफल ४ हजार १ सय ३० अर्थात २.२० प्रतिशत मात्रै रहेको छ ।

रोल्पामा किनबेच भन्दा पनि वकलपत्र,अंशवण्डा र अंशभरपाई जस्ता कारोबाहरु धेरै देखिएको समितिको सिफारिसमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !