२१ आश्विन २०८१, सोमबार

धनगढीमा आगलागी, अस्पतालसहित ८ पसलमा क्षति

प्रकाशित मिति :  18 November, 2023 9:29 am


कैलाली। कैलालीको धनगढीमा शुक्रवार मध्यरातमा आगलागी हुँदा रारथी अस्पतालसहित ८ पसलमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रदेश सभा भवन नजिकै विद्युत् सर्ट भएर राति करीव १ बजेतिर आगलागी भएको हो।

आगलागीबाट सारथि अस्पताल, भण्डारी सुज सेन्टरसमेतका पसलमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

प्रहरी, सेना, शसस्त्र प्रहरी र स्थानीय समेतको सहभागितामा धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो भने नियन्त्रण आएको छ।

आगलागीको विस्तृत विवरण भने आइसकेको छैन।



प्रतिक्रिया दिनुहोस !