लुम्बिनी प्रदेशका ४ जिल्लामा आज पनि छठको सार्वजनिक विदा
प्रकाशित मिति : 20 November, 2023 6:39 am
काठमाडौँ । लुम्बिनी प्रदेशका ४ जिल्लामा आज पनि छठ पर्वको सार्वजनिक विदा दिइएको छ ।
लुम्बिनी प्रदेश सरकारले मंसिर ४ गते छठ पर्व समापनको अवसरमा लुम्बिनीका ४ जिल्लामा आज पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गत शुक्रबार एक सुचना जारी गर्दै नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा मंसिर ४ गते सोमबार छठ पर्व समापनको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।