२१ आश्विन २०८१, सोमबार

रुकुम पश्चिममा जीप दुर्घटना, ७ जनाको अवस्था गम्भीर

प्रकाशित मिति :  20 November, 2023 9:56 am


काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँमा जिप दुर्घटना हुदाँ २२ जना घाइते भएका छन् ।

रुकुम पश्चिमको चौरजहारीबाट मुसीकोटतर्फ आउँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार २२ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुलाई चौरजहारीस्थित मिसन अस्पतालमा पुर्याइएको छ । जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको हो ।



प्रतिक्रिया दिनुहोस !