२१ आश्विन २०८१, सोमबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  20 November, 2023 11:27 am


काठमाडौँ । नेपाली बजारमा आज सोमबार छापावाला सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर तोलाको एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलाको १४५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज सोमबार स्थिर रही सोही मूल्यमै कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !