२१ आश्विन २०८१, सोमबार

स्याङ्जामा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  20 November, 2023 12:07 pm


काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा टयाक्टर दुर्घटना हुँदा २८ वर्षीय रामहरि चौधरीको मृत्यु भएको छ।

आज (सोमबार) पुतलीबजार नगरपालिका वडा नम्बर १४ तोप्सेबाट लामागेतर्फ आउँदै गरेको ग। १ त। ४९८७ नम्बरको ट्याक्टर पल्टिँदा चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

उक्त दुर्घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रानाले बताए। मृतक चालक दाङस्थित दंशीशरण गाउँपालिका वडा नम्बर ४ का हुन्।



प्रतिक्रिया दिनुहोस !