२१ आश्विन २०८१, सोमबार

भूकम्पपीडितको लागि टहरा बनाउन दक्ष जनशक्तिसहितको टोली पठाउने कांग्रेसको निर्णय

प्रकाशित मिति :  20 November, 2023 1:41 pm


काठमाडौँ । नेपाली कांग्रेसले भूकम्पबाट प्रभावितहरूका लागि घर बनाउन जाजरकोट र रुकुम पश्चिममा दक्ष जनशक्तिसहितको टोली पठाउने निर्णय गरेको छ ।

आज (सोमबार) बिहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकले भूकम्प प्रभावितका लागि घर बनाइदिन इन्जिनियर र डकर्मीसहितको टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा कांग्रेसले खटाएको टोलीले एक हजार घर निमार्ण गर्नेछ । प्रचार विभाग प्रमुख विश्वकर्माले २५ वटा स्वयंसेवक टोली जाजरकोट र रुकुम पश्चिम जाने बताए ।

उनका अनुसार प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनेछन् । यस्तै, एउटा टोलीमा १० जनाका दरले स्वयंसेवक पठाइने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !