२१ आश्विन २०८१, सोमबार

टिकटक बन्दको विरोधमा माइतीघरमा प्रर्दशन

प्रकाशित मिति :  20 November, 2023 2:41 pm


काठमाडौं । टिकटक बन्दको विरोधमा माइतिघर मण्डलामा प्रर्दशन भएको छ । सोमबार केही युवायुवतीहरुको समुहले टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध प्रर्दशन गरेका हुन् ।

जनताको बोल्ने अधिकार सुनिश्चित गर भन्दै उनीहरुले टिकटक प्रतिबन्धविरुद्ध काठमााडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवायुवतीहरुले सरकार हिजो बन्दुकसँग नडराउने आज टिकटकसँग, टिकटक बन्द हैन भ्रष्टाचार बन्द गर, गरिखाने मर्दैछ सरकार, टिकटक हैन जाजरकोटलाई ध्यान दे लगाएतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

त्यस्तै उनीहरुले टिकटक बन्द नभई सरकारले आवश्यक नियमन गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले टिकटक बन्द गरेपछि यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । उक्त रिट सोमबार भने हेर्न नभ्याइने सूचीमा परेका छन् ।

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !