२१ आश्विन २०८१, सोमबार

स्याङ्जामा एक पुरुष मृत अवस्थामा फेला

प्रकाशित मिति :  20 November, 2023 5:09 pm


काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर १३ घर भएका ४५ वर्षीय राम वहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

प्रहरीका अनुसार अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ स्थित ग्रिल उद्योगमा सोमबार विक मृत अवस्थामा फेला परेका हुन् ।

उनी त्यहाँको बजारमा ज्याला मजदुरी काम गरी बस्ने गरेको प्रहरीको भनाई छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !