२१ आश्विन २०८१, सोमबार

दाङको तुलसीपुरमा बन्द कोठाभित्र दाजुभाइ मृत फेला

प्रकाशित मिति :  21 November, 2023 6:49 am


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ६ गाइडहरमा बन्द कोठाभित्र दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० बर्षीय टेकबहादुर बस्नेत सोमबार बेलुकी घरभित्र मृत अवस्थामा फेला परेका हुन् ।

पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

टेकबहादुरकी श्रीमती रुकुम माइती गएको हुदाँ उनी नफर्किँदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा अाज मात्रै ढोका खोलिने प्रहरीले जानकारी दिएको छ ।

शव गनाइसकेकाले उनीहरुको दुई तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। दाजुभाइले विषादी सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !