२१ आश्विन २०८१, सोमबार

पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक दम्पतीको मृत्यु

प्रकाशित मिति :  21 November, 2023 8:08 am


काठमाडाैँ । पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् ।

उनीहरू सोमबार दिउँसो पोखरा २९ पटनेरीमा खेतको कुलोमा करेन्ट लगाएर माछा मार्न क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

करेन्ट लागेपछि दुवै जनालाई उद्धार गरी अस्पताल पुर्याइएको थियो । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !